शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको चिरायु अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव

शनिबार, ११ असार २०७९, २२ : ३९
शनिबार, ११ असार २०७९

काठमाडौं बसुन्धरास्थित चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका ७० वर्षीय सुरज ढुंगानाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालविरूद्ध नाराबाजी र प्रदर्शन गरेका हुन् । सुरज पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

 चिकित्सकको लापरबाहीका कारण सुरजको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले नाराबाजी गरेका हुन् । अस्पतालमा तनाव सृजना भएपछि शनिबार साँझ प्रहरी, अस्पताल र मृतकका आफन्तबीच सहमतिको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप