शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा

शनिबार, ११ असार २०७९, २० : ५५
शनिबार, ११ असार २०७९

डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् ।  भारतमा आयोजना हुने प्रतियोगिताका लागि काठमाडौंमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन् । 

महिलातर्फ अन्य तीन खेलाडीको टुंगो शनिबार हुने अन्तिम चरणको खेलबाट हुने छ ।  नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुजना लोहनी यस अघि नै छनोट भइसकेकी छन् । कृत्तीसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन् । छनोट चरणमा बाँकी तीन स्थानमा अनीसा न्यौपाने, विनिता कपाली, शान्ति धिमाल, सिन्दीरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ । 

अनीसाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ । शान्ति, सिन्दीरा र खुस्बुको ३.५ अंक छ । पूजा भण्डारीको ३ अंक छ । एकदिन अगाडिसम्म अग्रता लिएको अनिसाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन् । विनीताले छैटौँ चरणमा शान्तिलाई हराउँदै सम्भावनालाई बलियो बनाएकी हुन् ।

पुरुषतर्फ मिलन लामा छनोट भएका छन् । मिलनले पनि ६ चरणको समाप्तिमा ५ अंक बटुलेका छन् । पुरुषतर्फ अब दुई जनाको टुंगो शनिबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ ।  वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरियताका खेलाडी विवेक थीङ यसअघि नै छनोट भइसकेका छन् । रुपेस जयसवालको ३ दशमलव ५ अंक  छ । मिलनले शुक्रबार पाचौँ चरणमा सुरवीर लामासँग बराबरी गरे भने सातौँ चरणमा रुपेसलाई हराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप