बाँकेमा ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु
शनिबार, ११ असार २०७९, १९ : ४३
![बाँकेमा ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/motorcycle_accident_bike_accident_cartoon_NvlmxN9QTr.jpg)
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कोहलपुरतर्फ आइरहेको ना ५ ख ४२०४ नंको ट्रकले भे ११ प ७०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ निवासी २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दीपिकाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक दीपिकाका श्रीमान् ३५ वर्षीय दिलबहादुर कटुवाल घाइते भएका छन् ।
ठक्कर दिने ट्रक र चालक नवीन आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक मल्लले बताए ।