बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डेरी एसाेसिएसनको अध्यक्षमा दाहाल

शनिबार, ११ असार २०७९, १९ : १६
शनिबार, ११ असार २०७९

नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारण सभा एवं ८औं राष्ट्रिय महाधिवेशनले प्रह्लाद दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।  सर्वसम्मत निर्वाचित टीमलाई संस्थाका निवर्तमान अध्यक्ष राधाकृष्ण सापकोटा, पूर्व अध्यक्ष सुमित केडिया, सल्लाहकार मेघराज भण्डारी, सुरेश श्रेष्ठ र हिरा केसीले सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका थिए । 

त्यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एसोसिएसनको महत्व दर्साउँदै नयाँ टीमलाई सफलताको बधाई तथा शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष दाहालले संस्थाका अग्रजहरुको साथ लिंदै समग्र डेरी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप