
भिभो वाई ५५ नेपाली बजारमा

भिभोले वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । यस मोबाइलमा ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ । साथै ८जीबी प्लस ४जीबी एक्सटेन्डेड र्याम २.० को साथ आउँछ । यसको साथै ४४ वाट फ्ल्यासचार्जको सुविधा रहेको कम्पनीले जनाएको छ ।
फोनमा १२८जीबी ठूलो मेमोरी (जसलाई १टीबीसम्म बढाउन सकिने) क्षमता र ५००० एमएएच ब्याट्री रहेको छ । यस स्मार्टफोनलाई ५० एमपी एचडी रियर क्यामेरा मोड्युलले अझ आकर्षक बनाएको कम्पनीको भनाई छ ।
भिभो नेपालका सीईओ माइकलले भने, ‘उपभोक्ताहरूको माग र आवश्यकताहरुलाई पूरा गर्न भिभो प्रयासरत छ । यही कारणले गर्दा हामीले युवा केन्द्रित वाई सिरिजमा सबैका लागि अत्याधुनिक विशेषताहरु प्रदान गर्ने दृष्टिकोण राखेका छौँ ।’
वाई५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ जसले कम पावर खपत गर्छ । फोनमा ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्ले रहेको छ । साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ ।
वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य रु. ३३ हजार ९९९ रुपैयाँ रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ