ad
x

भुटानी शरणार्थीका ‘सेन्सस स्लिप’ अपडेट गरिँदै

person explore access_timeअसार ११, २०७९ chat_bubble_outline0

 


भुटानी शरणार्थीको पारिवारिक ‘सेन्सस स्लिप’ अपडेट गरिने भएको छ । जिल्ला स्थित शरणार्थी समन्वय इकाईले अपडेटका लागि सूचनासमेत जारी गरेको छ । उसले पारिवारिक जनगणनाका लागि शरणार्थी शिविरमा निवेदनको ढाँचा पनि वितरण गरेको छ । 



अहिले भुटानी शरणार्थी दमकस्थित बेल्डाँगी र मोरङको पथरीशनिश्चरेस्थित गरी करिब साढे ६ हजार भुटानी बस्दै आएका छन् । उनीहरूको ‘सेन्सस स्लिप’ सोमबारदेखि अपडेट गरिने भुटानी शरणार्थी शिविर बेल्डाँगीका शिविर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिए । ‘लामो समयदेखि सेन्सस स्लिप अपडेट नहुँदा उनीहरूको आइडीमा भएको हट नम्बर र उनीहरू बस्ने हट नम्बर फरक छ,’ उनले भने, ‘पुनर्वासले अहिले दुई वटा शिविरमा मात्र शरणार्थी छन् । कतिपय शरणार्थीलाई नयाँ हटमा ल्याइयो । तर, ठेगाना पुरानै छ ।’ 

झण्डै एक लाख १५ हजार भुटानी शरणार्थी पुनर्वास भएपछि अहिले शिविरमा करिब साढे ६ हजार शरणार्थी मात्र शिविरमा छन् । भुटानी शरणार्थी समस्या पूर्ण समाधान नभई दातृ निकाय युएनएचसीआरको दमक कार्यालय पनि बन्द छ । उनीहरूले पाउने अधिकांश सुविधा काटिएको छ । विगतमा शिक्षा, स्वास्थ्य शिविरमै थियो । हाल स्थानीय तह दमक नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाले हेर्दै आएका छन् ।

पुनर्वासका कारण भुटानी शरणार्थी पारिवारिक बिचल्लीको चपेटामा छन् । शिविरमा स्वदेश फर्कन चाहने र नेपालमै बस्न चाहने छन् । केही प्रक्रिया नपुगेर पुनर्वासमा जान रोकिएका छन् । हाल पुनर्वास बन्द छ । शिविरमा वृद्धवृद्धा धेरै छन् । पारिवारिक बिछोडले उनीहरू सकसपूर्ण जीवन बिताइरहेका छन् । –  न्युज कारखाना

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।