बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूको घरमा ‘बम’ राखेकोमा एमालेको आपत्ति

शनिबार, ११ असार २०७९, १७ : २४
शनिबार, ११ असार २०७९

आफ्ना नेताहरूको घर अगाडि प्रेसर कुकर बम राखेको भन्दै नेकपा एमाले झापा जिल्ला कमिटीले आपत्ति जनाएको छ । पार्टी स्थायी कमिटी सदस्यका प्रदेश र पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, पार्टी केन्द्रीय लेखा आयोग सदस्य लिला कट्टेल कार्की तथा पार्टी जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीको गौरादह वडा नं. ३ स्थित  घरमा असार १० गते प्रेसर कुकरमा विद्युत् जडान गरी बम राखेको पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त अवाञ्छित आतङ्क फैलाउने घटनाको घोर निन्दा र भर्त्सना गर्दै दोषी माथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ।

सचिव  शिव ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको अधिकार प्रयोग गर्दै संविधानसभाबाट संविधान निर्माण भई सोही बमोजिमका संवैधानिक अधिकारहरू प्रयोग गर्न र स्वतन्त्र रूपले आफ्ना अभिव्यक्तिहरू राख्न संवैधानिक व्यवस्था हुँदा हुँदै देशको संविधान, कानुन र जनअधिकारको बर्खिलाप हुने गरी समाजमा फैलाउने अराजक गतिविधिहरू मौलाई रहेका छन् ।’ समाजको शान्ति, सुरक्षा, अमन चयन खलबलाउने गरी र मानवीय क्षति तथा धनजनको क्षति हुने गरिएका यस्ता क्रियाकलाप जोसुकैले गरेको भए पनि क्षमायोग्य नभएको पार्टीले बताएको छ। प्रमुख प्रतिपक्षी दलका नेताहरूलाई लक्षित यो घटनाले सर्वसाधारण र स्वयम् हाम्रो पार्टी पङ्क्तिलाई गम्भीर बनाएको विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप