शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको क्याफेबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

शनिबार, ११ असार २०७९, १६ : ४२
शनिबार, ११ असार २०७९

काठमाडौँको एक क्याफेबाट पेस्तोल र गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप