बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेयमारलाई बेच्न पीएसजी तयार

शनिबार, ११ असार २०७९, १५ : ४५
शनिबार, ११ असार २०७९

राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न पेरिस सेन्ट जर्मेन तयार रहेको गोल डटकमले जनाएको छ । तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ । ​नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको थियो । 

तर, हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको र किलियन एम्बाप्पे क्लबमा नै रहने भएपछि क्लबले ३० वर्षीय खेलाडीलाई बेच्ने तयारी गरेको बुझिएको छ । गत सिजन माउरिसियो पोचेटिन्होको नेतृत्वमा पीएजसीले लिग वानको उपाधि जिते पनि रियल म्याड्रिडसँग पराजित हुँदै युरोपियन प्रतियोगिताबाट बाहिरिएको थियो । यसका लागि नेयमार र मेस्सीले क्लबका समर्थकबाट आलोचनाको सामना गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप