बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्भपतनको अधिकार अस्वीकार गर्नु मानवता विरुद्धको अपराध हो : तस्लिमा नसरीन

शनिबार, ११ असार २०७९, १५ : २८
शनिबार, ११ असार २०७९

प्रख्यात बंगलादेशी मूलकी लेखिका तस्लिमा नसरीनले गर्भपतनलाई अनुमति दिने ५० वर्ष पुरानो फैसलालाई उल्टाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयको कडा आलोचना गरेकी छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले एकपछि अर्को गर्दै ट्वीट गर्दै आएका छन् । उनले जबरजस्ती गर्भधारणलाई मानवताविरुद्धको अपराध भनेकी छन् ।​ तस्लिमा नसरीनले लेखेकी छिन्, "विश्वास लाग्दैन! अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गर्‍यो। आदेश अन्तर्गत महिलाको गर्भपतन अधिकार समाप्त भयो। अमेरिका अगाडि बढ्नुको सट्टा पछाडि जाँदैछ।"

उनले भनिन्, "विक्षिप्त मुस्लिम देश बंगलादेशमा पनि गर्भपतन कानुनी छ। तर अमेरिका जस्तो सभ्य देशले महिलालाई आधारभूत मानव अधिकारबाट वञ्चित गरेको छ!" उनले मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशक माकारेना साजको भनाइ उद्धृत गर्दै लेखेकी छिन्, "गर्भपातको ग्यारेन्टी जनस्वास्थ्यका लागि मात्र होइन, मानव अधिकारका लागि पनि आवश्यक छ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप