शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोलम्बियामा करिब १० हजार फिटको गहिराइमा तेल फेला

शनिबार, ११ असार २०७९, १५ : २३
शनिबार, ११ असार २०७९

ओएनजीसी विदेश लिमिटेडले भर्खरै कोलम्बियामा तेल पत्ता लगाएको छ। यो खोज सीपीओ–५ ब्लक लिआनोस बेसिनमा ड्रिल गरिएको इनार युरेका-IX मा भएको हो।

अप्रिल २० मा करिब ११ हजार फिटको गहिराइमा ड्रिलिङ गरिएको थियो, जसमा करिब १० हजार फिट गहिराइमा १७ फिट बाक्लो तेल भरिएको बालुवा भेटिएको थियो । मिरोडोरमा तेलको खोजले ब्लकको उत्तरी भागमा थप अन्वेषणको लागि नयाँ क्षेत्रहरू खोलेको छ। 

ओएनजीसी विदेशले यसअघि २०१७ र २०१८ मा मारिपोसा र इन्डको क्षेत्रमा तेलको अन्वेषण गरिसकेको छ। जहाँबाट दैनिक २० हजार बीबीएल तेल उत्पादन भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप