शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठाटीकाँध गाउँपालिकाको ल्यायो ४४ करोड ९१ लाखको बजेट (पूर्णपाठसहित)

शनिबार, ११ असार २०७९, १३ : ५२
शनिबार, ११ असार २०७९

दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० को लागि ४४ करोड १९ लाख ९१ हजार ९४२ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । व्यावसायिक शिक्षा,स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाटीकाँध गाउँपालिकाको समृद्धिको आधार भन्ने मूल नाराका साथ शिक्षा, स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएको हो ।  

गाउँपालिकाका अध्यक्ष रक्षबहादुर शाहीले दिएको जानकारी अनुसार बजेटको खर्च बेहोर्ने स्रोत अनुसार आन्तरिक आय तर्फ ५० लाख, संघीय सरकारबाट समानीकरण अनुदान ९ करोड ४ लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ८ करोड १८ लाख ३८ हजार रहेको छ । 

यस्तै प्रदेश समानीकरण अनुदानबाट ८५ लाख ३६ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४ लाख ७६ हजार, बैंक मौज्दात २ करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ । अध्यक्ष शाहीले चालु आर्थिक वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्नका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको बताए । यो गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिका हो,’उनले भने,‘ यहाँको जनताको पक्षमा रहेर हामीले बजेट ल्याएका छौँ । पूर्वाधारको कुरामा संरचना निर्माणका ठुलो बजेट छुट्याएका छौँ ।’ 

पालिकाको शिक्षाको विकासका लागि १५ लाख, स्वास्थ्य सम्बन्धिका कार्यक्रमका लागि १९ लाख, कृषि विकास तर्फका कार्यक्रम सञ्चालन गर्न ८ लाख र पशु सेवा तर्फका कार्यक्रम सञ्चालन गर्न १५ लाख विनियोजन गरिएको छ ।

यस्तो छ बजेटको पूर्णपाठ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप