हामी लकिरको फकिरको रुपमा हिँड्न पाइँदैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई पार्टीको अहित हुनेगरी बाहिर जथाभावी बोल्दै नहिँड्न निर्देशन दिएका छन् । शनिवार सुरु भएको पार्टीको चौथो केन्द्रीय कमिटीको बैठकलाई संवोधन गर्दै उनले कुनै पनि कुरा राख्नुपरेमा पार्टीको बैठक राख्न र बाहिर अभिव्यक्त नगर्न आग्रह गरे ।
उनले भने–‘आवश्यक पर्दा अनेकै बैठकहरू बस्नुपर्ने हुन्छ । बैठकमा तर्क वितर्क बहस पनि हुन्छ तर त्यसबाट आत्तिनु हुँदैन । वडा पालिकाहरुमा कतिको संगठन बनाउन सकिएको छ कि छैन, नियमित बैठक बस्न सकेको छ कि छैन् ? अन्तरविरोध अन्तरविरोध र मत मतान्तरबाट आत्तिनुपर्ने अवस्था छैन ।’
उनले कम्युनिष्ट पार्टीबाट आलोचना, आत्मालोचनाको परम्परा रहेको बताउँदै तत्कालीन एमालेभित्र बैठकमा आत्मआलोचित हुने पद्धति र परम्परालाई निषेध गरिएको बताए । उनले पार्टीको कमिटीमा नभनीकन सार्वजनिक रुपमा भन्ने, लेख्ने, असन्तुष्टि पोख्दै हिँड्ने जस्ता प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।
उनले भने– ‘कमिटीभित्र शालिन र संयमित रुपमा आफ्ना कुराहरु राख्न पाइन्छ । विचारको विषय छ भने त्यो पनि राख्न पाइन्छ । संगठनसँग जोडिएको कुरा पनि राख्न पाइन्छ । कुनै व्यक्तिको मूल्याङ्कनको कुरा छ भने त्यो पनि राख्न पाइन्छ । पार्टीलाई कसरी स्थापित गर्न सकिन्छ, कमिटीमा नभनीकन सार्वजनिक रुपमा भन्ने सार्वजनिक रुपमा लेख्ने, असन्तुष्टिहरू पोख्दै हिँड्ने यस्तो प्रवृत्तिलाई छुट दिन सकिँदैन ।’
नेता नेपालले कमजोरीहरूलाई सुधार गर्न आलोचना र सुझाव पनि दिनुपर्ने बताए । उनले भने–‘हामी लकिरको फकिरको रुपमा हिँड्न पाइँदैन । कमिटीभित्र शालिन रुपमा, संयमित रुपमा आफ्ना कुराहरु राख्न पाइन्छ । विचारको विषय छ भने त्यो पनि राख्न पाइन्छ । संगठनसँग जोडिएको कुरा छ भने त्यो पनि राख्न पाइन्छ ।’ उनले पार्टीप्रतिको सकारात्मक वा नकरात्मक कुराहरुलाई पार्टी कमिटीभित्र राख्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण