नर्वेको नाइटक्लबमा गोली चल्दा दुई जनाको मृत्यु, कैयौं घाइते
शनिबार, ११ असार २०७९, १३ : २७
नर्वेको राजधानी ओस्लोमा रहेको नाइटक्लब र वरपरको भीडमा अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । नर्वेजियन प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले यो जानकारी दिएको हो ।
प्रहरीले यस घटनामा एकजना संदिग्ध पक्राउ परेको र उसले एक्लै घटना गराएको हुनसक्ने बताएको छ । प्रहरीका अनुसार ओस्लोको प्रसिद्ध गे बार ‘लन्डन पब’ लगायत नजिकैको क्लब र सडकमा गोली प्रहार भएको थियो । गत वर्षको अक्टोबरमा नर्वेमा धनुष र बाणको आक्रमणमा परी धेरैको मृत्यु भएको थियो । यो महिना अमेरिकामा पनि गोलीबारीका धेरै घटनाहरू सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता