बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीका पाँच स्थानीय तहले अझै गर्न सकेनन् गाउँ तथा नगर सभा

शनिबार, ११ असार २०७९, १३ : ०५
शनिबार, ११ असार २०७९

सप्तरीका १८ मध्ये मा १३ स्थानीय तहले नगर तथा गाउँसभा सम्पन्न गरेको छ । उनीहरूले आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ गाउँ नगर सभा सम्पन्न गरेका हुन् । 

तर, बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् । यहाँको सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न  सकेको छैनन् । तयारी नपुगेकाले गाउँ तथा नगर सभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् । 

सरकारले १० असारभित्र गाउँ तथा नगर सभा सम्पन्न गरिसक्नु पर्ने सर्कुलर जारी गरे पनि यी स्थानीय तह असफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप