बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीका सबै स्थानीय तहले ल्याए बजेट, कुन पालिकाको कति ?

शनिबार, ११ असार २०७९, १२ : १७
शनिबार, ११ असार २०७९

नवलपरासी जिल्लामा सवै स्थानीय तहले बजेट ल्याएका छन् ।  जस अनुसार रामग्राम नगरपालिकाको कुल बजेट १ अर्ब १९ करोड, ३७ लाख ७३ हजार ४ सय रुपैयाँ प्रस्तुत भएको छ भने सुस्ता गाउँपालिकामा पनि कुल कुल बजेट ५३ करोड २९ लाख ७३ हजारको बजेट प्रस्तुत भएको छ । 

यस्तै सरावल गाउँपालिकामा पनि कुल बजेट ५६ करोड ८७ लाख १३ हजार बजेट प्रस्तुत भएको छ, जसमा चालू तर्फ ३३ करोड ८९ लाख ३ हजार ३ सय ९४ रुपैया र  पूँजीगत तर्फ २२ करोड ९८ लाख ९ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।

सुनवल नगरपालिकाको कुल बजेट ९६ करोड, ३९ लाख, २६ हजार छ, जसमा चालु खर्च तर्फ ४१ करोड ८५ लाख ६९ हजार अर्थात् ४३.४२ प्रतिशत र पूँजीगत खर्च तर्फ ५४ करोड ५३ लाख ५७ हजार अर्थात् ५६.५८ प्रतिशत बजेट विनियोजन भएको छ । 

पाल्हीनन्दन गाउँपालिकाको कुल बजेट ५६ करोड १० लाख ८६ हजार प्रस्तुत भएको छ । 

बर्दघाट नगरपालिकाले पनि ९१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । आन्तरिक आय तर्फ १४ करोड ४० लाख ५८ हजार, नेपाल सरकारबाट प्राप्त अनुदान ६६ करोड, ९३ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान ९६ लाख ६४ हजार २ सय रुपैया रहेको छ । 

प्रतावपुरको बजेट ६७ करोड ७२ लाख रहेकोछ । बजेटमा विशेष अनुदान बाहेक ३८ करोड ८२ लाख रहेको लाख रहेको छ। जसमा चालू १८ करोड  र पुँजीगत तफ २० करोड रहेको छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप