मेरै कारण नेकपा विभाजन भयो भन्ने आरोप लगाइयो : वामदेव गौतम

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो कारणले नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख भएको आरोप लगाएको सुनाउँदै आफूबाट पनि कमजोरी भएको स्वीकार गरेका छन् । उनले आफू कुनै समूहमा नलागेर पार्टी जोगाउन लागेको भए नेकपाको विभाजन रोकिन सक्थ्यो भन्दै आत्मालोचना गरेका हुन् ।
अभियानको भेलालाई सम्बोधन गर्दै उनले भने, जति म जिम्मेवार छु, सचिवालयका ९ जना सदस्य पनि त्यतिकै जिम्मेवार हुनुहुन्छ । पार्टी विभाजन हुन्छ भनेर मैले कल्पना पनि गर्न सकिनँ ।
उनले पार्टीका प्रधानमन्त्री विरुद्ध ल्याउन लागेको अविश्वास प्रस्ताव दुईपटक रोकेको तर तेस्रो पटक आफूले त्यसबारे पत्तै नपाएको जिकिर गरे । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनु र प्रधानमन्त्रीले संसद् नै विघटन गर्नु दुवै कुरा गलत भएको बताउँदै आफू दुइटै सँग सहमत हुन नसकेको बताए ।
'कामरेडहरु विभाजित भएर लाग्नुभयो । मलाई मन परेन । केपी ओली र प्रचण्डले मलाई बोलाएर आफूसँग लाग्न भन्नुभयो । मैले तपाईंहरुसँग सहमत हुन सक्दिनँ । एकताका निम्ति लाग्छु भने । त्यही छलफलका दौरानमा पार्टी एकता राष्ट्रिय अभियान निर्माण गर्ने निर्णय गर्यौँ,' गौतमले भने । उनले भने, ‘म जान हुन्थ्यो कि हुन्नथ्यो भनेर म आफू सोध्छु । हुन्नथ्यो । मैले आफूले निर्माण गरेको पार्टी ध्वस्त भएको हेर्न सकिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
-
साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
-
शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
महाधिवेशनबारे निर्णय गर्न रास्वपाले बोलायो वैशाख ४ गते केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’