सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

रविको कार्यक्रम 'द लिडर' फेरि विवादमा, भन्यो - ब्याजसहित पैसा फिर्ता गर्छौँ

शनिबार, ११ असार २०७९, ०९ : ४०
शनिबार, ११ असार २०७९

सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम 'द लिडर' फेरि एकपटक विवादमा तानिएको छ । सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।

कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । कार्यक्रमले भनेको छ,  'रजिस्ट्रेसन शुल्क फिर्ताका लागि टिभी तथा सामाजिक सञ्जालमार्फत पटक-पटक सार्वजनिक सूचना पनि जारी गरेका थियौँ । रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३
जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको छ । फिर्ता नपाउनेहरूले कृपया सम्पर्क गर्नुहोला ।'

कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको पनि सूचनामा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप