शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ज्याक निकोल्सन : ४३ वर्षसम्म जसलाई दिदी माने, मृत्युपछि थाहा भयो उनी आमा थिइन्

शनिबार, ११ असार २०७९, ०९ : २०
शनिबार, ११ असार २०७९

ज्याक निकोल्सनलाई द शाइनिङ, ब्याटम्यान र अ फ्यु गुड म्यान जस्ता चलचित्रमा गरेको अभिनयका कारण चिनिन्छ ।  तीन पटकका ओस्कार पुरस्कार विजेता निकोल्नसनले करिब ६० वटा फिल्ममा काम गरेका छन् । ज्याक बिरामी छन्, उनलाई पहिलेका कुरा केहि याद छैन। 

उनको जीवनको रोचक तथ्य भनेको ज्याकले आफ्नो जीवनभर जसलाई दिदीको रूपमा मानेका थिए, उनी वास्तवमा उनको आमा, वास्तविक आमा थिइन्। यो कुरा उनलाई तब थाहा भयो जब उनी संसारबाट बिदा भइसकेकी थिइन् ।

ज्याकको जन्म २२ अप्रिल १९३७ मा नेप्च्युन, न्यू जर्सीमा भएको थियो। उनकी आमा जून फ्रान्सिस एक शोगर्ल थिइन् । १९३६ मा, जूनले उनको सहकर्मी, शोम्यान डोनाल्ड फुरसिलोसँग विवाह गरिन्। विवाहपछि थाहा भयो कि डोनाल्ड पहिले नै विवाहित थिए । यो थाहा पाएपछि जूनले आफ्नो पतिलाई छोडिन्।

लेखक प्याट्रिक म्याकगिलिगनले आफ्नो पुस्तक ज्याक लाइफमा फुरसिलो नभएर जूनका प्रबन्धक एडी किंग ज्याकका वास्तविक पिता हुन सक्ने बताएका छन् । साथै, अन्य रिपोर्टमा जून १७ वर्षको उमेरमा गर्भवती भएको र त्यति बेला उनको विवाहसमेत नभएको विश्वास गरिएको छ ।

समाजको डरले जूनका आमाबाबुले यो गोप्य राखे र ज्याक निकोल्सनलाई आफ्नै बच्चाको रूपमा हुर्काए। समाजमा सम्मानका साथ बाँच्नको लागि जूनले पनि आफ्नै छोरा ज्याकको दिदी बन्न बाध्य भइन्। जून निकोल्सनको १९६३ मा मृत्यु भयो र उनको आमा (ज्याकको हजुरआमा जसलाई उनले आफ्नो आमा मान्थे) को १९७० मा मृत्यु भयो। ती दुवैको मृत्यु पछि, टाइम म्यागजिनले १९७४ मा गरेको दाबीमा, ज्याकले थाहा पाए कि जून जसलाई उनले आफ्नो दिदी ठान्थे, वास्तवमा उनकी आमा हुन्। जबसम्म उनले वास्तविकता थाहा पाए, जूनको मृत्यु भइसकेको थियो। 

दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप