
मध्यपहाडी लोकमार्गको पहिरो हटाउन राइनासका स्थानीय सक्रिय

मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौं हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आफैँ खटिएका हुन् ।
राइनासका स्थानीय एवं सामाजिक अभियान्ता कृष्णराज ओलियाको अगुवाईमा विभिन्न व्यक्तिहरुको सहयोगमा जनस्तरबाट सडक सफाई अभियान तथा पहिरो पन्छाउने काम भएको हो । वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्वन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि समाजिक अभियान्ता ओलियाले समाजिक सञ्जालबाटै सडक सफाई अभियानमा जुट्न आव्हान गरेका हुन् ।
मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु भएको सडक सफाई अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पूरै बाटो अवरुद्ध भएको थियो ।
तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने बनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटो थुप्रिएर बसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाइलाई निरन्तरता दिने समाजिक अभियान्ता ओलियाले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ