पत्रकार अक्लेहको हत्या इजरायली सेनाबाटै : राष्ट्र संघ
शनिबार, ११ असार २०७९, ०८ : ४५

गत मे ११ मा कतारको न्यूज च्यानल अल जजिराकी संवाददाता शिरिन अबु अक्लेहलाई इजरायली सेनाले नै गोली हानेर मारेको प्राप्त तथ्याङ्कहरूले देखाएको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले शुक्रबार जेनेभामा भनिन्, "हामीले यो निष्कर्ष निकालेका छौँ कि अबु अक्लेहलाई मार्ने र उनका सहकर्मी अली सम्मुदीलाई घाइते बनाउने गोली इजरायली सुरक्षा बलबाट प्रहार भएको थियो, सशस्त्र प्यालेस्टिनीहरूबाट होइन।"
शामदासानीले संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले सङ्कलन गरेको जानकारीले पनि पत्रकारको वरिपरि सशस्त्र प्यालेस्टिनीहरूको कुनै गतिविधि नभएको पाइएको पनि बताइन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले गरेको ट्वीटमा यस संस्थाका प्रमुख मिशेल बाचेलेटले इजरायली अधिकारीहरूलाई आपराधिक अनुसन्धान सुरु गर्न अनुरोध गरेकी छन् ।
शिरिन अबु अक्लेह इजरायलले छापा मारेको समाचार बनाउन वेस्ट बैंकको शहर जेनिन सहर पुग्दा उनी मारिएकी थिइन् । एसोसिएटेड प्रेस (एपी) का अनुसार शिरीन अक्लेह अल-जजीराका लागि एक प्रसिद्ध प्यालेस्टिनी महिला रिपोर्टर थिइन्।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता