बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीलगायत जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

शनिबार, ११ असार २०७९, ०८ : ३५
शनिबार, ११ असार २०७९

कास्की, पाल्पा, अर्घाखाँची, नवलपरासी (ब.सु.पश्चिम), गुल्मी र आसपास धेरै स्थानमा भारी वर्षा भइरहेकाले सो क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

शनिबार बिहान सूचना जारी गर्दै महाशाखाले यी जिल्लाहरु भइ बहने स-साना नदीमा आकस्मिक बहाव हुन सक्ने बताउँदै उक्त जिल्लाका साना नदीतटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । उक्त जिल्ला भई यात्रा गर्दा पहिरो र गेग्रान वहावको जोखिम हुने भएकाले विहान ९ बजेसम्म यात्रा गर्दा उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप