ad
x

कात्तिक ३० मा संघीय निर्वाचन गर्न आयोगले अनौपचारिक प्रस्ताव गरेको छ : मन्त्री श्रेष्ठ

person explore access_timeअसार ११, २०७९ chat_bubble_outline0

जनता समाजवादी पार्टीका नेता तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले निर्वाचन आयोगले संघीय तथा प्रदेश निर्वाचनको लागि कात्तिक ३० गतेका लागि अनौपचारिक मिति प्रस्ताव गरेको बताएका छन् । 


काठमाडौं महानगरको नीति तथा बजेट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने -'निर्वाचन आयोगले मंसिर २२ गतेसम्म मात्रै यस संसदको अवधि रहने भनेको छ ।  यो भन्दा केही अगाडि चुनाव हुन्छ । अहिले आयोगले दुई चरणमा गर्ने हो भने कात्तिक २८ र मंसिर ३ गते भनेर अनौपचारिक भनिसकेको छ ।  हैन एकैचोटी गर्ने हो भने कात्तिक ३० गते भनेर भनिसकेको छ । '



सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले युवा पुस्ताको नेतृत्वले काठमाडौं महानगरको विकासले फड्को मार्ने विश्वास पनि  व्यक्त गरे । श्रेष्ठले स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेन्द्र शाह राजनीतिक दलहरूसँग सहकार्य गरेर महानगरलाई अघि बढाउन चाहेको आफूले पाएको बताए । 

देश संघीयतामा गएसँगै तीन तहको सरकार अस्तित्वमा रहेकोले तीनै तहले एक अर्काको अस्तित्व स्वीकारेमा मात्र देश विकासले फड्को मार्ने पनि उनले बताए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।