
क्यालिफोर्नियामा नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको अल्पायु मै निधन भएको छ । उनको निधनले नेपाली समुदायहरू स्तब्ध भएका छन ।
उनी सान फ्रान्सिस्कोमा लामो समय देखि बस्दै आएका पत्रकार तथा कलाकार अनिल पाण्डे तथा रीना पाण्डेकी पुत्री हुन् । २९ वर्षीय पाण्डेले सूचना प्रविधि अध्ययन गरेकी थिइन् भने उनले बिश्वकै चर्चित एप्पल कम्पनीमा समेत काम गरेकी थिइन् ।
उनी क्यालिफोर्निया क्षेत्रका विभिन्न कार्यक्रम तथा सामाजिक कार्यमा पनि सक्रिय सहभागी हुने गरेकी थिइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ