बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेंसीशहर नगरपालिकाद्वारा ७५ करोड ५३ लाख बजेट पेस

शनिबार, ११ असार २०७९, ०६ : ३२
शनिबार, ११ असार २०७९

लमजुङ सदरमुकाम बेंसीशहरमा रहेको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीशहरमा आयोजित ११औँ नगरसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट पेस गरेकी हुन्।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात १७ दशमलब २१ प्रतिशत बजेट विनियोजन गरेको छ। पुँजीगततर्फ २५ करोड ९४ लाख ३ हजार अर्थात ३४ दशमलब ३४ प्रतिशत बजेट विनियोजन गरेको छ । बजेटमा सशर्त तर्फ २९ करोड ९ लाख अर्थात ३८ दशमलब ५१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । समपूरक, विशेष र अन्य गरी ७ करोड ५० लाख अर्थात् ९ दशमलब ९३ बजेट प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलब ९३ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट ८ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपूरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

उनका अनुसार नगरसभामा पेस गरिएका नीति तथा कार्यक्रम र बजेटलाई छलफल गरेर आगामी २४ गते बस्ने बैठकले पास गरिनेछ । सभालाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप