गजलः अलग छ
शनिबार, ११ असार २०७९, ०६ : २६
तिमीले हिँड्ने मैले हिँड्ने, बाटो अलग छ,
हाँसो खुशी पिडा आँसु, पाटो अलग छ ।।
राजसी ज्युनार तिम्रो, खोले फाँडो मेरो आहार,
सास धान्ने गास फल्ने, माटो अलग छ ।।
उड्दै गुड्दै तिम्रो यात्रा, खाली खुट्टा पैदल म,
घाउ चोटको त के कुरा, खाटो अलग छ ।।
तिम्रो जस्तो फेसन गर्ने, न फुर्सद न त औकात,
छिया छिया च्यातिएको पहिरनको, फाटो अलग छ ।।
तिमी देख्छौ सुन सस्तो, मलाई गाह्रो नुन जुटाउन,
तिम्रो मेरो घाउ अनि रगतको, टाटो अलग छ ।।
नुनको बदला खुन माग्दा, हाँसी हाँसी दिएकैथेँ,
गुनको बदला फिर्ता गर्ने, साटो अलग छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ