ad
x
पत्रपत्रिका

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव

person explore access_timeअसार ११, २०७९ chat_bubble_outline0

जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन् । कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन् । यादवनिकट दोस्रो तहका नेताहरूले पनि लोसपाका नेताहरूसँग छुट्टै कुराकानी गरेका छन् ।


केही दिनअघि भट्टराईले लोसपाका शीर्ष नेता राजेन्द्र महतोसँग कुराकानी गरेका थिए। उक्त कुराकानीमा पार्टी एकीकरण गर्न भट्टराईले प्रस्ताव गरेका थिए । भट्टराई र उनी पक्षीय नेता राजकिशोर यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्न समय मागेको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए। मिश्रका अनुसार आजभोलि नै भेटघाट हुने सम्भावना छ। लोसपाका नेताहरूयादव पक्षसँग भन्दा भट्टराई पक्षसँग पार्टी एकीकरण गर्न इच्छुक देखिएका छन्। आजको नागरिक दैनिकमा समाचार छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।