
काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार छु : विनोद चौधरी

उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अबको बाँकी जीवन राजनीतिमा बिताउने बताएका छन् । चौधरीले अबको राजनीतिक जीवन काँग्रेसमै बिताउने समेत स्पष्ट पारे । शुक्रबार ललितपुरस्थित भिभान्त होटलमा काँग्रेस बिटमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने– ‘अब मेरो बाँकी जीवन राजनीतिमा बित्छ । ३० वर्ष व्यवसाय र राजनीति गरेँ । अबको राजनीति नेपाली काँग्रेस बाटै हुन्छ । काँग्रेसमा काम गर्न दिएन वा गर्न सकिनँ भने पनि काँग्रेसबाट राजनीति विश्राम लिन्छु । त्यसैले खुला ढोकाबाट राजनीतिका लागि अगाडि बढेको छु ।’
उनले आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा रहेको सुनाए । उनले भने, ‘आगामी संघीय निर्वाचनमा नवलपरासीबाट सांसद बन्ने तयारीमा छु । त्यही अनुसार जिल्लामा आउजाउ पनि गरिरहेको छु ।’
२०७४ सालमा एमालेले शशांक कोइरालाको क्षेत्रमा चुनाव लड्न टिकट दिएको स्मरण गर्दै उनले आफुले सो क्षेत्रबाट चुनाव नलडेको बताए । ‘म लडिनँ । उहाँको (कोइरालाको) निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रमा चुनाव लड्न म लागेन । बरु म काँग्रेसमा आएँ । कोइराला परिवारसँग हाम्रो परिवार पुरानो सम्बन्ध छ ।’
चौधरीले काँग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रबाट चुनाव लड्न तयार रहेको समेत बताए । ‘तर यो कुरा पार्टीको निर्णयमा भर पर्छ । पार्टीले टिकट दिएन भने काँग्रेसका उम्मेदवारलाई जिताउन लाग्छु’ उनले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ