
साफ उपाध्यक्षमा कर्माछिरिङ शेर्पाको नाम पहिले नै सिफारिस भएको खुलासा

दक्षिण एसियाली फुटबल संघ (साफ)को चुनावमा नेपालबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम उपाध्यक्षमा सिफारिस भएको खुलासा भएको छ । असार ८ गते अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले साफको चुनावमा उपाध्यक्ष पदमा नेपालबाट सुन्दर नरसिंह जोशीको नाम सिफारिस गरेको थियो ।
तर, सोअघि नै पुरानो कार्यसमितिले शेर्पाको नाम मनोनित गरेर पठाएको पाइएको हो । त्यसैले अब जोशी जना नपाउने र नयाँ कार्यसमितिको सिफारिस रद्द हुने देखिएको छ । एन्फाका महासचिव किरण राईले यसअघि उपाध्यक्षमा कसैको नाम सिफारिस भएको खण्डमा जोशीको नाम फिर्ता लिने बताएका थिए ।
‘साफको उपाध्यक्षमा जोशीको नाम सिफारिस गरेका छौं । यसअघि नै अन्य कसैको नाम सिफारिस भएको भए जोशीको नाम हामी हटाउने छौं,’ राईले भनेका थिए । एन्फाका उच्च अधिकारीले शेर्पाको नाम पहिले नै सिफारिश भएको पाइएकाले अब जोशी जान नपाउने बताए ।
‘शेर्पाको नाम पहिले नै सिफारिस भएको छ । जोशी जान पाउँदैनन् । कार्यसमितिको बैठकमा एजेन्डा प्रस्तुत नगरि बैठकमा बस्दा यस्तै हुन्छ,’ एन्फाका एक अधिकारीले रातोपाटीसँग भने । नयाँ कार्यसमितिले सिफारिस गरेका जोशी एनआरटी क्लबका अध्यक्ष हुन् । शेर्पा भने एन्फाको चुनावमा पंकज नेम्वाङसँग पराजित भएका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ