शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३५ करोडको बजेट

शुक्रबार, १० असार २०७९, २२ : १४
शुक्रबार, १० असार २०७९

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । नगर सभाको एघारौँ अधिवेशनमा शुक्रबार उपप्रमुख सावित्रीदेवी अर्यालले आगामी आर्थिक वर्षका लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

उपमहानगरको आन्तरिक आय ६० करोड, संघीय सरकारबाट समानीकरण अनुदानबापत १ करोड ६१ लाख ३३ हजार, सशर्त अनुदान १ करोड ६० लाख, विशेष अनुदान ८० लाख र समपूरक अनुदान २ करोड ९९ लाख रहेको उनले बजेटमा उल्लेख गरेकी छन् ।

उनले राजस्व बाँडफाँटबाट ३१ करोड ९८ लाख र चालु आर्थिक वर्षको अन्य ३४ करोड ५८ लाख रुपैयाँ रहेको जनाएकी छन् ।

बुटवल उपमहानगरले उपलब्ध श्रोत साधन, क्षमता र अवसर परिचालन गरी आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै नगरबासीको जीवनस्तर उकास्न सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने उपप्रमुख अर्यालले बताइन्

बजेटमा बुटवल उपमहानगरले यस पटक वडास्तरबाट परिचालन हुने बजेटको सीमालाई बढाएर १६ करोड ५० लाख बनाएको छ । बुटवल उपमहानगरपालिकाको बजेटले राजस्वका दरलाई वृद्धि नगरी विभिन्न क्षेत्रमा लाग्ने करमा छुट दिएको छ ।

उपमहानगरपालिकाले सम्पत्ति कर, बहालका, हाटबजार बैठकी, ई रिक्सा नवीकरण/रुट इजाजत जस्ता कर तथा गैर करका दरहरू कम्तीमा १० प्रतिशतसम्म न्यून गरेको र निश्चित समय निर्धारण गरी तोकिएको समयमा कर शुल्क बुझाउने करदातालाई १५ प्रतिशतसम्म छुट दिने भएको छ ।

यस्तै सम्पत्ति कर र भूमि कर २०७९ कात्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने, पेसा व्यवसाय कर र घर बहाल करमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने प्रस्ताव बजेटमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप