शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

शुक्रबार, १० असार २०७९, २१ : ४५
शुक्रबार, १० असार २०७९

जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

जनकपुरधाम उपमहानगरले चालुतर्फ ५९.४५ प्रतिशत अर्थात १ अर्ब ७ करोड ४१ लाख २७ हजार रुपैयाँ र पुँजीगततर्फ ४०.६ प्रतिशत अर्थात ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै आन्तरिक स्रोतबाट ८० करोड १ लाख ३८ हजार ९ सय रुपैयाँ, बाह्य श्रोतबाट १ अर्ब ७० लाख ६ हजार १ सय रुपैयाँ, आन्तरिक राजश्वबाट १४ करोड ३१ लाख १० हजार रुपैयाँ, संघ सरकारबाट राजश्व बाँडफाँडबाट ३१ करोड १४ लाख ८१ हजार रुपैयाँ, प्रदेश सरकारबाट राजश्व बाँडफाँड अन्तर्गत १ करोड ७१ लाख ६८ हजार ८ सय रुपैयाँ बजेट रहेको उपमहानगरले जनाएको छ । 

उपमहानगरले आर्थिक विकास समितिका लागि ४ करोड ५६ लाख, सामाजिक विकास समितिका लागि ६७ करोड ४२ लाख रुपैयाँ, पूर्वाधार विकास समितिका लागि ६४ करोड ६५ लाख १४ हजार रुपैयाँ, वन वातावरण तथा विपद व्यवस्थापन विकास समितिका लागि ५ करोड रुपैयाँ र सुशासन तथा संस्थागत विकास समितिका लागि ४९ करोड ८ लाख ३१ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप