शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परिसंघको आयोजनामा शनिबार स्टार्टअप फेस्ट, १० स्टार्टअप कम्पनीमा लगानी गर्न ५० करोडको कोष

शुक्रबार, १० असार २०७९, २१ : ३२
शुक्रबार, १० असार २०७९

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले भोली (शनिबार) नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ । परिसंघको युवा उद्यमी मञ्चले राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा फेस्ट आयोजना गर्न लागिएको जानकारी दिएको छ । 

नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि हामीले रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेका छौं । व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने हाम्रो अभियान छ ।

उक्त फेस्टमा स्टार्टअप्सले लगानी लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । स्टार्टअपहरुलाई लगानीका लागि आबेदन पेश गर्न २७ जेठ सम्मको समय अवधि तोकिएकोमा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुती गर्ने अवसर दिइनेछ भने पूँजी लगानीको अवसर पनि प्रदान गरिने नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समिति आयुषी केसीले बताइन् ।

यो कार्यक्रबाट स्टार्टअपहरुलाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ । युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न परिसंघले युवा उद्यमी मञ्चमार्फत युवाहरुलाई थप प्रोत्साहन गर्न फेस्ट आयोजना गर्न लागेको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए । यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई उत्साहित बनाउने परिसंघको विश्वास छ । स्टार्टअप फेस्टमार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप