शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

आर्थिक संकटलाई पार लगाउन निजी क्षेत्र र सरकार मिल्नुपर्छ : गृहमन्त्री खाण

शुक्रबार, १० असार २०७९, २१ : ०१
शुक्रबार, १० असार २०७९

गृहमन्त्री बालकृष्ण खाणले आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्र दुवै मिल्नु पर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो प्रदेश सभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले निजी क्षेत्रसँग खुल्ला छलफल र सहकार्य गर्नका लागि सरकार तयार रहेको बताए । 

उनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आर्थिक संकट आएको बताए । उनले सरकार र निजी क्षेत्र आरोप–प्रत्यारोपमा उत्रिनु भन्दा पनि आर्थिक संकटलाई पार लगाउने केन्द्रित हुनुपर्ने बताए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो   सभामा १२ जिल्ला, ३७ नगर वाणिज्य संघ, एक सय ३१ एसोसिएसन गरी करिब ३ सय जनाको सहभागिता रहेको छ । 

महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले  अहिले आर्थिक गतिविधि सुस्त रहेको बताए । उनले यस्तो अवस्थामा ८ प्रतिशत विकास वृद्धिदर राखेर आएको बजेट निजी क्षेत्रले विश्वास गर्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप