शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेटोको ‘मध्यपूर्वी संस्करण’ निर्माण गर्नुपर्ने जोर्डनको राजाको प्रस्ताव

शुक्रबार, १० असार २०७९, २० : ५०
शुक्रबार, १० असार २०७९

जोर्डनका राजा अब्दुल्ला द्वितीयाले मध्यपूर्वी मुलुकहरुको नेटोजस्तै सैन्य गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेका छन् । यसका लागि विचार मिल्ने मुलुकहरु एक ठाउँ आउनुपर्ने उनले बताए । 

जोर्डनले अहिले पनि नेटोसँग सहकार्य गर्दै आएको छ र उसले आफूलाई नेटोको साझेदारका रुपमा हेर्छ । ‘मध्यपूर्वी मुलुकको नेटोजस्तो संगठनको समर्थन गर्ने पहिलो व्यक्तिमध्ये म हुनेछु । यसको उदेश्य एकदम स्पष्ट हुनुपर्छ अन्यथा सबै अन्योलमा पर्नेछन् ,’ अब्दुल्लाले भने । 

‘धेरै कुरामा विभाजित यस क्षेत्रका मुलुकहरूबीच आपसी सहयोग बढाउने यो समूहको एक उदेश्य हुनसक्छ । यस क्षेत्रमा इरानको भूमिकामाथि पनि प्रश्न छ ,’ अब्दुल्लाले भने । मध्यपूर्वी संगठनका सबै सदस्य मुलुकले त्यसबाट फाईदा पाउनुपर्ने पनि उनले बताए । मध्यपूर्वमा न्युन खनिज स्रोत भएको मुलुक जोर्डनले उसको आवश्यकता आयात गर्ने गर्छ । पछिल्लो समय युक्रेन युद्धका कारण उसले कठिनाई भोगिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप