शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चामुण्डाबिनद्रासैनी नगरपालिकाको बजेट ४८ करोड ६९ लाख

शुक्रबार, १० असार २०७९, २० : ४५
शुक्रबार, १० असार २०७९

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ४८ करोड ६९ लाख ९१ हजारको अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेको छ । शुक्रबार ११ औँ नगरसभामा उपप्रमुख मनसरा शर्माले शिक्षा, पुर्वाधार विकास, स्वास्थ्य खानेपानी तथा  सरसफाई र कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा प्राथमिकता दिँदै बजेट प्रस्तुत गरेकी हुन् ।  

आन्तरिक आय चालु आर्थिक वर्षमा २८ लाख मात्र रहेको छ भने आगामी आवमा ४० लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले नागरिकको स्वास्थ्य पहुँचमा जोड्नको लागि विन्द्रासैनी स्वस्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नती गर्नको लागि ५० लाख विनियोजन गरेको छ भने शिक्षा क्षेत्रमा २ करोड ६६ लाख विनियोजन गरेको छ ।  
 
यसैगरी नगरपालिकाले राज्यबाट कुनै प्राप्त नगरेका ५९ वर्षदेखि ६७ वर्ष उमेर समुहका जेष्ठ नागरिक, अनाथ⁄टुहुरा बालबालिकाको लागि आवश्यक सहयोग रकमको लागि ३० लाख बजेट विनियोजन गरिएको छ । 

नगरपालिकाले वडास्तरीय योजना तथा कार्यक्रमको लागि वडा नं. १ मा २४ लाख ६० हजार ,वडा नं.२ मा २५ लाख २७ हजार , वडा नं.३ को लागि २३ लाख ३६ हजार , वडा नं. ४ मा २४ लाख ८१ हजार , वडा नं. ५ मा २४ लाख ७३ हजार , वडा नं. ६ मा २५ लाख ८ हजार वडा नं. ७ मा २४ लाख २३ हजार , वडा नं. ८ मा २३ लाख ६ हजार र वडा नं. ९ मा २२ लाख ८० हजार रकम विनियोजन गरिएको नगरप्रमुख गणेश कुमार शाहीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप