कस्तो छ संघीय राजधानी काठमाडौं महानगरको बजेट ? (पूर्णपाठसहित)

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी वर्षका लागि उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरले ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट प्रस्तुत गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाबाट कूल १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये २०७९ जेठ मसान्तसम्ममा चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, पूँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तीयतर्फ १८ करोड गरी कूल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । जुन, अनुमानित खर्चको ३६.६९ प्रतिशत हुन आउने बताइएको छ ।
विनियोजित बजेटमध्ये महानगरपालिकाको संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी स्थानीय संचित कोष बाहेकको बजेटमा समावेश हुने कूल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ रहेको बताइएको छ । स्थानीय संचित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरूका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ ।
कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार बिनियोजन गरिएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हुन्छ । यस्तै, पूर्वाधार विकास क्षेत्रको लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको ४९.५७ प्रतिशत हुन आउँछ । यसैगरी, सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ ।
सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत हुन आउँछ । नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको श्रोत सुनिश्चित भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स