
पोखरा महानगरले ल्यायो ८ अर्ब ७७ करोडको बजेट

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
महानगर पालिकाले विवादका बाबजुत आगामी वर्षको बजेट प्रस्तुत गरेको सूचना अधिकारी भरतराज पौड्यालले रातोपाटीलाई जानकारी दिए । महानगरको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवाद झिकेपछि बजेट भाषणको कार्यक्रम २ घन्टा रोकिएको थियो ।
प्रमुख प्रतिपक्षी दल सहमतीमा आएपछि महानगरले आगामी वर्षको बजेट प्रस्तुत गरेको हो । संवैधानिक व्यवस्थाअनुसार देशभरका सबै स्थानीय तहले असार १० गते (आज)सम्म आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ