शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीको निर्णय प्रधानमन्त्रीले नमाने परिणाम राम्रो हुँदैन : खनाल

शुक्रबार, १० असार २०७९, १९ : ३६
शुक्रबार, १० असार २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने बताएका छन् । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताए ।

‘मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको छ । त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसक्यो । आज पोलिटब्युरो त्यस विषयमा केही गरेन । केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ’ खनालले भने, ‘पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन सक्दैन । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चाल्छ । कारवाही गर्छ ।’  तर, अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बन्न पुगेको खनालले बताए ।

 ‘हाम्रो पार्टीले निर्णय गरी सक्यो । हामीले पुर्नविचार गर्ने ठाउँ छैन । दायाँ बायाँ यता उता फुल स्पट कमा केही गर्ने ठाउँ छैन’ खनालले भने, ‘आफैले गरेको निर्णय आफैले उलंघन गर्ने हो भने पार्टी चल्दैन । पार्टी भनेको अनुशासनमा चल्नुपर्छ ।  पार्टीले गरेको निर्णय सबैले मान्नुपर्छ । पार्टीले गरेको निर्णय गरियोस् । प्रधानमन्त्रीले पार्टीको निर्णय नमानेमा त्यसको परिणाम राम्रो हुँदैन ।’ प्रधानमन्त्रीसहित गठबन्धनले समेत एकीकृत समाजवादीको निर्णय कार्यान्वयनमा सघाउनु पर्ने खनालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप