बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफलाइन राइड सेयरिङ नगर्न पठाओको अपिल, असुरक्षित यात्रामा बीमा सुविधा नपाइने

शुक्रबार, १० असार २०७९, १९ : २८
शुक्रबार, १० असार २०७९

लोकप्रिय राइड सेयरिङ पठाओले आफ्ना राइडर र ग्राहक दुबैलाई अफलाइन राइड सेयरिङ नगर्न अपिल गरेको छ । पछिल्लो समय सामान्य कमिसन बापतको रकम बचतको लोभमा राइडरहरुले अफलाइन राइड गर्ने र ग्राहक (यात्रु)हरुले पनि नबुझि अफलाइन राइड सेयरिङ गरिरहेकाले जोखिम बढेको भन्दै कम्पनीले यस्तो अपिल गरेको हो । 

यस्तो राइड सेयरिङ​बाट यात्रुहरु सडक दुर्घटनाको बीमाबाट समेत बञ्चित हुने गरेको पठाओको भनाइ छ । ‘पठाओको लोकप्रियताले गर्दा आम सर्वसाधारणहरू जस्तो सुकै राइड सेयरिङलाई पनि पठाओ भनेर बुझ्छन् । पठाओको सोही लोकप्रियतालाई दुरुपयोग गर्दै केही व्यक्ति (राइडर) अफलाइन बसेर चोक चोकमा ‘पठाओ सेवा’ भन्ने गरेका छन् । सर्वसाधारणमा सूचना प्रविधि साक्षरता पर्याप्त नभएको अवस्थामा यसरि चोकमा कुरेर अफलाइन राइड गर्ने र गराउने कारण यात्रुको सुरक्षा तथा यात्रा सुनिश्चिता माथि नै चुनौति थपिएको छ’ पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन् । 

‘हामीले उपभोक्ता र राइडरको सुरक्षाका लागि भनेर पठाओ दुर्घटना बीमा योजना ल्याएका हौं । राइडिङको शिलशिलामा यदि दुर्घटनामा परे यात्रुले एक लाखसम्म दुर्घटना बीमा र मृत्यु भएमा १० लाख रुपैयाँसम्म भुक्तानी पाउछन् । यो सुविधा राइडर र प्रयोगकर्ता दुबैको हकमा लागू हुन्छ । तर अनलाइनबाट राइड नलिइ यात्रा गर्दा बीमाको सुविधा हुने कुरै भएन’ हमालले रातोपाटीसँग भनिन् । राइडरको व्यक्तिगत र सवारीको विवरण पठाओको रेकर्डमा रहने, राइडको समयमा एपबाटै यात्रा गरिरहेको रुटको ट्र्याकिङ गरिने, आफन्त वा साथीहरूलाई यात्राको लाइभ अवस्था (ट्र्याकिङ म्यापसहित) सामाजिक सञ्जाल मार्फत सेयर गर्न सकिने भएकाले अनलाइन राइडमा ढुक्कले यात्रा गर्न सकिने उनको भनाइ छ ।

उसो त राइडर र प्रयोगकर्ता दुबैको जानकारी एपमा रहने भएकाले अनलाइन राइडमा एकले अर्कोलाई दुव्र्यवहार, हिंसा वा लुटपाट गर्ने जोखिम समेत नहुने र सामान सवारी साधनमा छुटे पनि पछि सहजै फोन सम्पर्कगरेर फिर्ता लिन सकिने उनले बताइन् । ‘केही महिना अघि कोटेश्वर–लगनखेल राइडिङका क्रममा एक पठाओ मोटरसाइकल दुर्घटनामा परेको थियो । जुन राइडरले अफलाइन राइड सेयरिङ गर्दा आफै आक्रमणको सिकार बन्न पुगेका थिए । अफलाइन राइड गर्दा सेवाग्राही मात्र होइन स्वयम राइडर समेत असुरक्षित हुन्छ भन्ने यो राम्रो उदाहरण हो । सो घटनामा राइडरले अफलाइन राइड गर्दा लुटपाटमा पर्नुका साथै अनपेक्षित आक्रमणको शिकार समेत हुन परेको थियो’ हमालले भनिन्, ‘यदि उनी अनलाइन राइडमा भएको भए एप मार्फत सुरक्षित हुने थिए ।’

उसो त गत कात्तिक ३० गते कलंकीमा पनि एक पठाओस्कुटर दुर्घटनामा परेको थियो । दुर्भाग्यवश सो दुर्घटनामा पठाओ चालक र यात्रु दुबैको मृत्यु हुन पुगेको थियो । तर उक्त दुर्घटनामा भने राइडर अनलाइन राइडमा नै हुनाले मृत्यु हुने यात्रु र राइडर दुबैको परिवारले बीमा बापतको पुरै रकम पाए ।  प्रवक्ता हमाल भनिन्, ‘जति बेला कलंकी दुर्घटना भएको थियो त्यति बेला कम्पनीको दुर्घटना बीमाको पोलिसी नै अधिकतम ५ लाख रुपैयाँसम्मको मात्र थियो । तर, अहिले सो पोलिसी समेत बढेर १० लाख पुगेको छ । यो नै अहिलेसम्म नेपलको राइड सेयरिङमा प्रदान गरिएको सबैभन्दा ठूलो सुविधा हो । कम्पनीले हालसम्म साना ठूला गरि ३५० भन्दा बढी दुर्घटना बीमा दाबी भुक्तानी गरिसकेको छ ।’

आखिर किन बढिरहेको अफ राइड सेयरिङ ?
कम्पनीले दुर्घटना बीमासहित विभिन्न इन्सेटिभ तथा बोनस सुविधा प्रदान गरिरहे पनि राइडरहरुले सानो कमिसनको लोभमा जोखिमपूर्ण यात्रा गरिरहेको प्रवक्ता हमाल बताउ छिन् । ‘पठाओले यात्रुसँगै राइडरको समेत दुर्घटना बीमा गरिदिएको छ । यसको अतिरिक्त कम्पनीले प्रोत्साहन स्वरुप राइडरहरुलाई बेलाबखत ‘क्वेस्ट’ तथा ‘बुस्ट’ जस्ता सुविधा समेत दिइरहेको हुन्छ । त्यति मात्र नभएर कुनै विशेष अवसर पारेर कम्पनीले आफ्ना राइडरहरुलाई कमिसन रिटर्न र बोनस समेत प्रदान गरिरहेको हुन्छ । र पनि २० प्रतिशतको कमिसनका लागि राइडरहरुले सबै बेनिफिट्सलाई छाडेर जोखिमपूर्ण यात्रा गरिरहेका छन्, गराई रहेका छन् ।  

कमिसन नै धेरै भयो भन्ने छ नी ! यसैले अफ राइडको संख्या बढेको हो की ! भन्ने हाम्रो जिज्ञासामा हमालले भनिन्, ‘यो गलत तर्क हो । पठाओ जस्तो कम्पनीको अधिकतम २० प्रतिशत कमिसन हुनुभनेको ठूलो कमिसन होइन । अन्तर्राष्ट्रिय प्रयोगलाई हेर्ने हो भने पनि यस्तो राइड सेयरिङ कम्पनीहरुले न्यूनतम २५ प्रतिशतदेखि ३५ प्रतिशतसम्म कमिसन लिने गर्छन् । हामीले त अहिलेसम्म जम्मा २० प्रतिशत मात्र कमिसन लिइरहेका छौं । २० प्रतिशत कमिसनमा जो कोही (प्रक्रिया पुगेका) राइडरलाई पठाओको प्ल्याटफर्म दिनु आफैमा सुविधा हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप