एमालेबाट निर्वाचित क्षेत्रमा हामी दाबी गर्छौं : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमालेबाट निर्वाचित क्षेत्रलाई दाबी गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट निर्वाचित भएको क्षेत्रबाटै एकीकृत समाजवादीले गठबन्धनमा दाबी गर्ने बताए ।
‘आगामी प्रदेश र संघको चुनाव आउँदै छ । अब यहीँ पाँच दलीय गठबन्धन नै जाने छ’ नेपालका भनाइ उदृत गर्दै बैठकमा सहभागी दिनेश राईले भने, ‘अब सीट बाँडफाँड गर्दा तत्कालिन एमालेबाट निर्वाचित भएका क्षेत्रमा एकीकृत समाजवादीका सांसद छन् त्यहाँ हाम्रो दाबी रहन्छ ।’ स्थानीय तहको चुनावमा समेत यसअघि निर्वाचित पार्टीका आधारमा बाँडफाँड गरिएकाले प्रदेश र संघमा समेत त्यस्तै हुने नेपालले बताए ।
अरु स्थानीय तहको चुनावी मतभारका आधारमा भागवण्डा हुन सक्ने बताए । आगामी प्रदेश र संघको चुनावबाट एकीकृत समाजवादीले राम्रो नतिजा ल्याएपछि निर्णायक शक्ति हुने नेपालको भनाइ छ । स्थानीय चुनावमा सोचे जस्तो नतिजा नआएपनि चित्त बुझाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना