बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डाक्टर बन्न हिँडेकाहरू १६ दिनदेखि अनसनमा

शुक्रबार, १० असार २०७९, १८ : १८
शुक्रबार, १० असार २०७९

एमवीवीएस र वीडीएस अध्ययनका क्रममा फेल भएका विद्यार्थीहरु मौका परीक्षा दिन पाउनुपर्ने माग गर्दै १६ दिनदेखि अनसनमा बसेका छन् । उनीहरुले पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्वतन्त्र विद्यार्थी युनियन र चिकित्साशास्त्र अध्यन संस्थान महाराजगञ्जबीच भएको सहमति कार्यान्वयन गनुपर्ने लगायतका माग अघि सारेका छन् । उनीहरुले माग पुरा नभएसम्म अनसन नतोड्ने जनाएका छन् ।

‘माग पूरा नभएसम्म हामी अनसन बस्न छोड्दैनौ’ एमवीवीएस दोस्रो वर्षका विद्यार्थी राजीव दासले रातोपाटीसँग भने, ‘कि मौका परीक्षा दिन पाउनुपर्छ कि पाँच वर्षका लागि तिरेको पैसा फिर्ता दिनुपर्छ ।’ उनले विश्वविद्यालयले पाँच बर्ष सम्मको पैसा एकै पटकमा तिर्न लगाएर ब्यारियर नियमलाई दोस्रो वर्षमा राखिएकोमा विद्यार्थीहरुको आपत्ति रहेको पनि बताए ।

‘यो व्यवस्थाले विद्यार्थीमाथि अन्याय भयो, डीन कार्यालयको यस्तो अत्याचारका कारण कति विद्यार्थीले मानसिक सन्तुलन नै गुमाउनुपरेको छ भने कतिले आत्महत्या गर्न बाध्य भएका छन्’, दासको भनाइ छ ।

विश्वविद्यालयको नियमअनुसार एमवीवीएस र वीडीएस अन्र्तगत पाँच बर्षे कोर्ष पुरा गर्नुपर्ने हुन्छ । यसअन्तर्गत पहिलो र दोस्रो वर्षमा पास नभए तेस्रो बर्षमा अध्ययन गर्न पाइँदैन । अनसनरत विद्यार्थीहरुको आन्दोलनलाई नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लोकतान्त्रिक समाजवादी विद्यार्थी संघ र चिकित्सा शिक्षा संघर्ष अभियानले समर्थन जनाएका छन् ।

यस्ता छन् अनसनरत विद्यार्थीहरूका माग

 १ ब्यारियरमा परेका एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमका विद्यार्थीहरुको लागि तत्काल मौका परीक्षाको व्यबस्था गर्नुपर्ने ।

२. पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्वतन्त्र विद्यार्थी युनियन र चि.शा.अ.सं. महाराजगन्जबीच भएको सहमति कार्यान्वयन गनुपर्ने ।

३. नेपालका अरु मेडिकल युनिभर्सिटी अनुरुप परीक्षा प्याटन कायम गनुपर्ने ।

४. मौका परीक्षा सञ्चालन गर्न नसकेको खण्डमा पीडित विद्यार्थीहरूबाट असुलेको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रमिला भट्ट
प्रमिला भट्ट

भट्ट प्रशिक्षार्थी पत्रकार हुन् । 

लेखकबाट थप