विदुर नगरपालिकामा बबाल : जनप्रतिनिधिले च्याते माइन्युट, बजेट स्थगित

नुवाकोटको विदुर नगरपालिकामा एमाले र सत्ता गठबन्धनका जनप्रतिनिधिबीच विवाद चुलिएको छ । विवादकै क्रममा एमालेका जनप्रतिनिधिले नगरपालिकाको कार्यपालिकाको बैठकबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट सम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका (माइन्युट) च्यातेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका छन् । शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ । च्यातिएको ढुंगेलले नै लगेको भन्दै उनीमाथि आवश्यक कानुनी कार्यवाही माग गरिएको छ । च्यातिएर बाँकी रहेको निर्णय पुस्तिकाको कपी भने उजुरीमा संलग्न गरिएको श्रेष्ठले बताए ।
यस्तै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्राचार गरेर यसबारे जानकारी गराएको छ । माइन्युट च्यातिएकै कारण शुक्रबार आह्वान गरिएको दोश्रो नगरसभाको प्रथम अधिवेशन स्थगित गरिएको पत्रमा उल्लेख गरिएको छ। जसका कारण नगरपालिका असार १० मै बजेट ल्याउन असफल बनेको छ। विदुर नगरपालिकाले यसअघि श्वेतपत्र नै जारी गरेर नगरपालिकाको समग्र आर्थिक अवस्थाबारे जानकारी गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा