विदुर नगरपालिकामा बबाल : जनप्रतिनिधिले च्याते माइन्युट, बजेट स्थगित
नुवाकोटको विदुर नगरपालिकामा एमाले र सत्ता गठबन्धनका जनप्रतिनिधिबीच विवाद चुलिएको छ । विवादकै क्रममा एमालेका जनप्रतिनिधिले नगरपालिकाको कार्यपालिकाको बैठकबाट पारित वार्षिक नीति, कार्यक्रम तथा बजेट सम्बन्धी निर्णय गरिएको निर्णय पुस्तिका (माइन्युट) च्यातेका छन् ।
विदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष निलमबाबु ढुङ्गेलले माइन्युट च्यातेको भन्दै मेयर राजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा उजुरी दिएका छन् । शुक्रबार बिहान साढे ९ बजेतिर नगरपालिकाको कार्यालय प्रवेश गरी शाखा अधिकृत रामहरि खनालको हातबाट निर्णय पुस्तिका नियन्त्रणमा लिई च्यात्ने कार्य ढुंगेलले गरेको उजुरीमा उल्लेख छ । च्यातिएको ढुंगेलले नै लगेको भन्दै उनीमाथि आवश्यक कानुनी कार्यवाही माग गरिएको छ । च्यातिएर बाँकी रहेको निर्णय पुस्तिकाको कपी भने उजुरीमा संलग्न गरिएको श्रेष्ठले बताए ।
यस्तै नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि पत्राचार गरेर यसबारे जानकारी गराएको छ । माइन्युट च्यातिएकै कारण शुक्रबार आह्वान गरिएको दोश्रो नगरसभाको प्रथम अधिवेशन स्थगित गरिएको पत्रमा उल्लेख गरिएको छ। जसका कारण नगरपालिका असार १० मै बजेट ल्याउन असफल बनेको छ। विदुर नगरपालिकाले यसअघि श्वेतपत्र नै जारी गरेर नगरपालिकाको समग्र आर्थिक अवस्थाबारे जानकारी गराएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
