प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमानदारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नुपरेको बताएका हुन् ।
शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दुःखका साथ सफलता हात पारेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुखित बनाएको पनि बताए । पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरेपनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो ।
उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमानदारिताका साथ गर्नुभएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नुभएन । र, बेइमानपूर्ण ढंगले हट्नुभयो । एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्काशन गर्नुभयो । पार्टी अध्यक्षलाई साधारण सदस्यबाट समेत एकता, अनेकता के गरेको हो ? तपाईंहरु आफै विचार गर्नुस् । पार्टी अध्यक्षमाथि गम्भिर आरोपको पुलिन्दा बनाउनुभयो उहाँले । र, ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नुभयो उहाँहरुले । यो बडो दुःखद् कुरा थियो ।’
ओलीले चरम सत्ताको दुरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परेपनि आगामी दिनमा जित सुनिश्चित रहेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण