बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलसँग बढ्दो तनावबीच इरानको शक्तिशाली गुप्तचर सेवामा अचानक नेतृत्व परिवर्तन

शुक्रबार, १० असार २०७९, १७ : ३४
शुक्रबार, १० असार २०७९

इरानले इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प अन्तरगतको गुप्तचर सेवामा नयाँ कमाण्डर नियुक्त गरेको छ । बिहीबार समूहका प्रवक्त रमेजान शरिफले एक वक्तव्य जारी गर्दै हुसेन तइबलाई मोहम्मद काजेमीले विस्थापित गर्ने जानकारी दिएका छन् । 

काजेमी यसअघि रिभोलुस्नरी गार्डको प्रतिगुप्तचर शाखाका प्रमुख थिए । पूर्व प्रमुख तइव सन् २००९ मा रिभोलुस्नरी गार्डको गुप्तचर निकाय स्थापना भएदेखि बुधबारसम्म यसको नेतृत्वमा थिए । तईबको बहिर्गमनको कारणबारे केही कारण बताइएको छैन । तथापि प्रवक्ताले उनी रिभोलुस्नरी गार्डका कमाण्डर इन चिफ हुसेन सलामीको सल्लाहकार छनौट भएको खुलाएका छन् । 

सन् २०२० जनवरीमा रिभोलुस्नरी गार्ड अन्तरगतको कुद्स फोर्सका प्रभाबशाली कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव निक्कै चुलियो । त्यस यता मध्यपूर्व क्षेत्रमा अमेरिका र इरानबीच छद्म युद्ध चलिरहेको छ ।

पछिल्लो समय अमेरिका सन् २०१५ को आणविक सम्झौतामा फर्किने प्रयास टुंगोमा पुग्न सकिरहेको छैन । अमेरिकाले इस्लामिक रिभोलुस्नरी गार्ड कोर्पलाई आतकंवादी संगठनको सुचिमा राखेको र त्यस सूचीबाट हटाउनुपर्ने विषयमा मतभेद पनि सम्झौता टुंगोमा पुग्न नसक्नुको एक कारण बनेको छ ।  

इरानसँगको आणविक सम्झौताको सबैभन्दा ठूलो विरोध इजरायलले गर्दै आएको छ । पछिल्लो समय इरानभित्र रिभोलुस्नरी गार्डका विभिन्न तहका व्यक्तिहरु मारिन थालेका छन् । यीनमा इजरायलको हात रहेको आशंका छ ।
इरानले रिभोलुस्नरी गार्डको कुद्स फोर्सका कर्नेल हसन सायद खोदाएईको हत्यामा इजरायलको हत्या भएको भन्दै बदला दिने वाचा गरेको छ । खोदाईलाई मे महिनामा तेहरानमै उनको गाडीलाई पछ्याउँदै आएको अर्को गाडीबाट गोली हानेर मारिएको थियो ।  
स्रोत : अल–जजिरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप