शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री पद छोड्न लेखेरै दिएको छु : मन्त्री खतिवडा

शुक्रबार, १० असार २०७९, १७ : ३३
शुक्रबार, १० असार २०७९

नेकपा समाजवादीबाट मन्त्री बनेका विरोध खतिवडाले पार्टीको निर्णय मान्ने बताएका छन् । शुक्रबार पोलिटव्यूरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाले पार्टीमा केही समस्या आएकाले ८ बुँदेमार्फत अध्यक्षको ध्यानाकर्षण गराएको बताए । 

उनले भने, ‘पार्टीमा केही समस्या छ भने पार्टीलाई भन्ने हो, ध्यानाकर्षण गर्ने हो ।’उनले आफू मन्त्री पद छोड्न तयार रहेको भनेर पार्टीमा लेखेरै दिएको भन्दै राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वत मन्त्री पद छोड्ने बताए ।

‘मन्त्री पद छोड्न तयार छौं भनेर पार्टीमा लेखेर दिएको छु । पार्टीको निर्णय मान्छौं’, खतिवडाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप