मन्त्री पद छोड्न लेखेरै दिएको छु : मन्त्री खतिवडा
शुक्रबार, १० असार २०७९, १७ : ३३
नेकपा समाजवादीबाट मन्त्री बनेका विरोध खतिवडाले पार्टीको निर्णय मान्ने बताएका छन् । शुक्रबार पोलिटव्यूरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाले पार्टीमा केही समस्या आएकाले ८ बुँदेमार्फत अध्यक्षको ध्यानाकर्षण गराएको बताए ।
उनले भने, ‘पार्टीमा केही समस्या छ भने पार्टीलाई भन्ने हो, ध्यानाकर्षण गर्ने हो ।’उनले आफू मन्त्री पद छोड्न तयार रहेको भनेर पार्टीमा लेखेरै दिएको भन्दै राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वत मन्त्री पद छोड्ने बताए ।
‘मन्त्री पद छोड्न तयार छौं भनेर पार्टीमा लेखेर दिएको छु । पार्टीको निर्णय मान्छौं’, खतिवडाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण