आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी गाउँपालिकाको बजेट ६६ करोड ११ लाख

शुक्रबार, १० असार २०७९, १७ : २८
शुक्रबार, १० असार २०७९

गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रमसहित ६६ करोड बढीको बजेट ल्याइएको हो । सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।

जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८ करोड ९६ लाख १ हजार गरी जम्मा ५३ करोड ९६ लाख १ हजार रहेको छ ।

त्यसैगरी प्रदेश सरकार वित्तिय समानीकरण अनुदान  १ करोड ८२ लाख ५९ हजार, शसर्त अनुदानतर्फ ५० लाख, र समपूरक अनुदान ८० लाख, राजश्व बाँडफाँटतर्फ ७२ लाख ३४ हजार गरी जम्मा ३ करोड ८४ लाख ९३ हजार प्राप्त हुने प्रस्तावित बजेटमा उल्लेख छ ।

बजेटमा गौरवका योजना अनुसार हरेक वडाबाट पालिका केन्द्रसम्म जोड्ने  सडकको  स्तरोन्नतीको लागी  बहुवर्षीय गौरवको योजना शुरु गरेको छ  । जसअनुसार हरेक वडामा ६० लाख  रकम विनियोजित गरेको छ । यसलाई बहुवर्षीय योजनामा राख्दै पालिका केन्द्रसम्म कालोपत्रे गर्ने योजना सहित कार्यक्रम ल्याइएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप