
बाहुनले दलितसँग बिहे गरेर कोटा खान मिल्दैन : सांसद् गंगा चौधरी
नेकपा (एमाले) की सांसद् गंगा चौधरीले बाहुनले दलित तथा आदिवासीसँग बिहे गरेर कोटा खानु समानुपातिकको दुरुपयोग भएको बताएकी छन् । बुधबार सिंहदरबारमा बसेको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
उनले हरेक आदिवासी तथा जातजातिको क्लस्टर छुट्ट्याएका कारण कसैले पनि अर्काको कोटा खान नमिल्ने बताइन् । उनले भनिन्, ‘यसलाई संशोधन गरेर प्रष्ट गर्नुस् ।’ बाहुनको छोरीले आदिवासीसँग बिहे गरेपनि कोटा खाइरहेको उनले बताइन् । ‘यो आदिवासीहरु माथिको अन्याय हो ।’
यस्तो प्रावधान अन्त्य हुनुपर्ने उनको माग छ । त्यस्तै उनले निर्वाचनमा महिलाको सहभागिता बढाउन प्रत्येक जिल्लामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत महिलाहरूबीच प्रतिस्पर्धा गराउनुपर्नेमा जोड दिइन् ।
उनले हरेक पटकको निर्वाचनमा एक प्रदेशमा महिला–महिलाबीच प्रतिस्पर्धा गराउन अभ्यास गर्नुपर्ने भन्दै महिला–महिला र पुरुष–पुरुषबीच प्रतिस्पर्धा गराइएमा महिलाको सहभागिता बढ्ने उनको भनाई थियो । उनले निर्वाचनको मिति घोषणा भएपछि सत्तापक्षले आफ्ना कर्मचारीको सरुवा बढुवा गर्ने गरेको बताउँदै त्यस्तो खालको नीतिको अन्त्य हुनुपर्ने बताइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ