हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास छ । हामीले यो सबै हेरेर दलको नाम प्रस्ताव गरेको हो ।’
आफूले स्वतन्त्रसँग पौठेजोरी खेल्न पार्टीको नाम स्वतन्त्र नराखेको प्रस्तुत पारे । ‘हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन । उहाँहरु मध्येबाट पनि कति जानेसँग मिलेर जान सकिन्छ । उहाँहरुले एजेण्डा मिल्दा मिलेर जान सकिन्छ भन्नुभएको छ ।’
उनीहरुलाई पनि हेरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम प्रस्ताव गरिएको लामिछानेको भनाइ छ । उनले स्वतन्त्र सोच भएका सबैलाई संगठित गर्न सकिए पार्टीलाई स्थापित गर्न सकिने पनि बताए । उनले निर्वाचन आयोगमा स्वतन्त्रबारे उजुरी परेको थाहा पाएका पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन
-
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै सुधार गर्नुपर्छ–प्रदेश प्रमुख
-
५ सय ६० मत गन्न बाँकी रहँदा बारको गणना स्थगित