हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै ठाउँमा स्वतन्त्र पार्टीको अभ्यास भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘स्वतन्त्र दल, स्वतन्त्र दल नेपाल, विभिन्न देशमा पनि स्वतन्त्र पार्टीको अभ्यास छ । हामीले यो सबै हेरेर दलको नाम प्रस्ताव गरेको हो ।’
आफूले स्वतन्त्रसँग पौठेजोरी खेल्न पार्टीको नाम स्वतन्त्र नराखेको प्रस्तुत पारे । ‘हामीले स्वतन्त्र उम्मेदवारसँग पौंठेजोरी गर्न खोजेको होइन । उहाँहरु मध्येबाट पनि कति जानेसँग मिलेर जान सकिन्छ । उहाँहरुले एजेण्डा मिल्दा मिलेर जान सकिन्छ भन्नुभएको छ ।’
उनीहरुलाई पनि हेरेर राष्ट्रिय स्वतन्त्र पार्टीको नाम प्रस्ताव गरिएको लामिछानेको भनाइ छ । उनले स्वतन्त्र सोच भएका सबैलाई संगठित गर्न सकिए पार्टीलाई स्थापित गर्न सकिने पनि बताए । उनले निर्वाचन आयोगमा स्वतन्त्रबारे उजुरी परेको थाहा पाएका पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण