ad
x

भारत : बलात्कार गर्न नसकेपछि १५ वर्षीयालाई जिउँदै जलाइयो

person explore access_timeअसार १०, २०७९ chat_bubble_outline0

भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ ।


यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो ।



यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो । पीडितको भनाइअनुसार एकजना व्यक्ति उनी भएठाउँ आएर जबरजस्ती करणी गर्ने प्रयास गरे । बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले उनको शरीरमा पेट्रोल खन्याएर आगो लगाइदिए । कारवाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ । ’

पीडित परिवार खेतीपाती गर्छन् । उनका भाइले स्थानीय सञ्चारमाध्यमसँगको भिडियो अन्तर्वार्तामा भनेका छन्, ‘बहिनी बिहान करिब १० बजे बुवाका लागि खाना लिएर  खेतमा गएकी थिइन् । बुवा खाना खाएर औषधी लिन अस्पताल गए ।  यसैबीच करिब १२ : ४५ बजे ती केटा आए र उनीमाथि दुष्कर्मको कोसिस गरे र आगो लगाइदिए । गाउँलेहरूले हामीलाई यसबारे खबर गरेका थिए । पछि बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरियो । उनी बाँच्छिन् जस्तो मलाई लाग्दैन ।’

यद्यपि, स्थानीय मिडियाले अभियक्तसँग उनको अर्को एउटा सहयोगी पनि भएको बताएको छ ।

स्थानीय पत्रकार मोना पटेलले बीबीसी हिन्दीसँगको कुराकानीमा भनिन्, ‘पीडित अहिले थोरै मात्र बोल्न सकेकी छिन् । त्यसैले घटनाबारे स्पष्ट जानकारी पाउन समय लाग्नेछ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।