मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित

शुक्रबार, १० असार २०७९, १६ : २६
शुक्रबार, १० असार २०७९

कैलालीमा ६ महिनाको अवधिमा एक सय ३४ जना पीडित भएका छन् । सन् २०२२ जनवरीदेखि जुन महिनासम्म कैलालीमा एक सय ३२ घटनामा एक सय २५ महिला र नौ जना पुरुष गरेर एक सय ३४ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खड्कराज जोशीका अनुसार ६ महिनाको अवधिमा कैलालीमा अधिकारबाट ९७ जना, घरेलु हिंसाबाट ८८ जना, जवरजस्तीकरणीबाट ८ र बहुविवाहबाट एक महिला तथा बालअधिकारबाट २४ जना पीडित भएको बताए ।

क्षेत्रीय संयोजक जोशीका अनुसार सोमध्ये जवरजस्तीकरणीबाट १७, बेचबिखनबाट २, यौन दुर्व्यवहारबाट ४, जवरजस्तीकरणी प्रयासबाट एक जना तथा परिवारजनबाट २ जना महिलाको हत्या र एक महिला घाइते भएका छन् । सो अवधिमा अन्य पक्षबाट २ जना पुरुषको हत्या, दुई जना कुटपिटबाट घाइते र तीन जनामाथि दुव्र्यवहार गरिएको इन्सेकमा अभिलेख रहेको संयोजक जोशीले बताए । एक जनाले पत्नीको हत्यापछि आत्महत्या र एक जना कारागारमा मृत्यु भएको उनले बताए । 

इन्सेक क्षेत्रीय कार्यालय धनगढीले जिल्लाको मानवअधिकार अवस्थाका बारेमा जानकारी गराउने उदेश्यले विगत लामो समयदेखि अर्धवार्षिक र वार्षिक रुपमा नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा गर्दै आइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप